९ कार्तिक २०८३, सोमबार

कांग्रेस कर्णालीको सभापतिमा ललितजंग शाही विजयी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १९ मंसिर । नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी भूपेन्द्रजंग शाहीलाई १०५ मतले पछि पार्दै शाही प्रदेश सभापतिमा विजयी भएका हुन् । हिजो शनिबार भएको निर्वाचनबाट ललितजंगले ४२२ मत ल्याएर सभापतिमा निर्वाचित हुँदा संस्थापनइतर समूहका भूपेन्द्रजंगले ३१७ मत ल्याएका छन् ।

यस्तै निधि समूहबाट सभापतिका उम्मेदवार बनेका मोतीराज बमले ७ मत प्राप्त गरेका छन् । जम्मा ७५४ मत खसेकोमा ८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।