३० आश्विन २०८३, शुक्रबार

न्याय पाउनै महाभारत

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । देशमा न्याय पाउन सजिलो छैन, त्यसमाथि महिलामाथि हुने हिंसाका घटनामा झन् संघर्षको पहाड नै छिचोल्नुपर्छ ।

कतिपय जघन्य अपराधका घटनासमेत ठूलाबडाले मिलापत्रका नाममा गाउँमै दबाउने गरेका छन् । समाजसँग लड्दै न्याय माग्न बल्लबल्ल प्रहरी र अदालतसम्म पुगेका पीडितले पनि सजिलै न्याय पाउँदैनन् । केही घटनामा त न्यायिक निकायले समेत उल्टै पीडितलाई ‘ह्यारेस’ गर्ने गरेको छ ।

पीडितले समाज, प्रहरी, सरकारी वकिलदेखि अदालतसम्म लड्नुपर्ने अवस्था छ । जघन्य अपराधका घटनामा न्याय माग्न पीडित र आफन्तले आन्दोलन र धर्ना दिनुपर्ने स्थिति छ । महिला हिंसासम्बन्धी पछिल्ला केही घटनाले त्यही देखाउँछ ।

बाँकेकी निर्मला कुर्मी बेपत्ता भएको र नन्कुन्नी धोबीको हत्या घटनाको निष्पक्ष अनुसन्धान नभएको भन्दै बाँकेका महिला अधिकारकर्मी केही महिनायता निरन्तर संघर्षमा छन् । घटनामा संलग्नलाई पक्राउ गरी अनुसन्धान नगरेको आरोपमा उनीहरू फेरि काठमाडौं आएर माइतीघरमा धर्ना बसिरहेका छन् । तैपनि सरकार संवेदनशील देखिँदैन, आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले समाचार लेखेका छन् ।

समाचारमा निर्मला पन्तले पाउन नसकेको न्याय, सिद्धबाबालाई सफाइ दिने न्यायाधीश पुरस्कृत, गोदामचौर घटना : संघर्षपछि मात्र न्याय, श्रीमती हत्या गर्ने कोइरालालाई प्रधानन्यायाधीशबाटै साढे ११ वर्ष कैद छुट, बलात्कारका घटना मिलापत्र र बोक्सीको आरोपमा क्रूर यातना दिनेहरूलाई पनि न्यायालयको छुटलगायत विषयलाई विश्लेषणसहित समावेश गरिएको छ ।