९ कार्तिक २०८३, सोमबार

राप्रपाको भ्रातृ संगठनबाटै एकता महाधिवेशन बहिष्कार

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय एकता महाधिवेशन पार्टीकै भ्रातृ संगठनले बहिष्कार गरेको छ ।

पार्टीको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संघले महाधिवेशन बहिष्कार गरेको हो । महाधिवेशनमा उक्त संगठनबाट अत्यन्त कम प्रतिनिधित्व गराइएको भन्दै महाधिवेशन बहिष्कार गरिएको राष्ट्रिय संघका अध्यक्ष ऋषिबाबु परियारले जानकारी दिए ।

महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि धमाधम मतदान भइरहेका बेला संगठनले भने महाधिवेशनस्थलनजिकै रहेको रिपोर्टर्स क्लब नेपालमा आकस्मिक पत्रकार सम्मेलन गर्दै महात्रिवेशन बहिष्कार गरेको जनाउ दिएको हो ।

संघले पार्टी एकीकरणपश्चात् उत्पीडित समूदायलाई दिइएको ३ वटा कोटा पर्याप्त नरहेको भन्दै महाधिवेशन बहिष्कार गरेको बताएको छ । परियारले तीन वटा पार्टीको एकीकरणपश्चात् संगठनको आकार पनि बढेको भन्दै उत्पीडित समुदायलाई दिइँदै आएको ३ वटा कोटा पर्याप्त नभएको बताएका छन् । ‘पार्टीमा हामीले यो कुरा राख्यौं, नेताहरुसँग अनुरोध गर्यौं तर, हाम्रो माग सम्बोधन भएन,’ उनले भने ।