
काठमाडौं, १८ मंसिर । अनलाइन ठगी गरेको अभियोगमा प्रहरीले धनुषका एक युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी सम्सी गाउँपालिका–६ घर भई हाल धनुषा जनकपुर मछलीबजार बसोबास गर्ने १९ वर्षीय शेष फैसल छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
एनआइसी एशिया बैंकको खाताबाट कात्तिक ७ गते एक्कासी ५० हजार २०० रुपैयाँ रकम अन्यत्र ट्रान्सफर भएको घटनाको अनुसन्धान गर्ने क्रममा उनी पक्राउ परेका हुन् । पीडितको बैंक खाताबाट आफ्नो वालेट आइडी हुँदै सिटिजन बैंकमा रहेको शेष फैजलको नामको खातामा रकम रकमान्तर गरेको देखिएकाले उक्त ठगी कार्यमा संलग्न रहेका फैसललाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं एयरपोर्टबाट पक्राउ गरेको हो ।
उनीउपर ठगीसम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाएको उक्त महाशाखाले जनाएको छ ।















प्रतिक्रिया