९ कार्तिक २०८३, सोमबार

मौसम खुलेसँगै त्रिभुवन विमानस्थलमा उडान र अवतरण नियमित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रभावित उडान र अवतरण नियमित भएको छ ।

मौसम खुलेपछि उडान र अवतरण शुरू भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । शनिबार बिहानको समयमा काठमाडौंस्थित बिमानस्थलमा बिहान ६०० मिटर भिजिबिलिटी थियो तर अहिले १ हजार ५०० मिटर पुगेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

केही दिनदेखि काठमाण्डौको मौसम पूर्ण रुपमा खुल्न सकेको छैन । मौसममा सुधार आउन केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।