
काठमाडौं, १८ मंसिर । पछिल्ला पाँच वर्षमा महिलामाथि भएका हिंसाका १८ हजार ४२३ उजुरी प्रहरीमा पुगेका छन् ।
सबैभन्दा धेरै हुने घरेलु हिंसाका घटना त प्रहरीमा नगण्य मात्र दर्ता हुन्छन् । बलात्कारका घटना सबैभन्दा बढी छन्, तर अधिकांश घटना ठूलाबडाले मिलापत्रका नाममा गाउँमै दबाउँछन् भने प्रहरीसम्म पुगेका घटनामा पनि गतिलो अनुसन्धान हुँदैन ।
‘घरभित्रै सौतेला बाबुबाट बलात्कृत छोरी न्यायको पर्खाइमा’, ‘श्रीमानकै साथीले दिल्ली पुर्याएर कोठीमा बेचिदिए’, ‘बोक्सीको आरोपमा श्रीमान् र झाँक्रीबाट चरम यातना’, ‘पहिलो श्रीमानले गाउँमा बेचे, दोस्रोले दिल्लीमा’ र ‘निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि अधिकारकर्मी पुनः धर्नामा’लगायत घटना र तथ्यहरूलाई आधार बनाएर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामी र मञ्जु टेलरले समाचार लेखेका छन् ।
आव ०७३/७४ मा देशभर एक हजार ६६८ वटा बलात्कारका घटना भएकामा आव ०७७/७८ मा तीन हजार २८४ घटना प्रहरीमा दर्ता भएका छन् । पछिल्ला पाँच वर्षमा बोक्सी आरोपमा मात्रै २१० जना महिलामाथि जघन्य अपराध भएको समाचारमा उल्लेख गरिएको छ ।















प्रतिक्रिया