शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

छाला रोग र सौन्दर्य समस्याको सम्पूर्ण उपचार अब गेट वेल सुनमा

दैनिक नेपाल २०७८ मंसिर १७ गते १२:००

जनकपुरधाम, १७ मंसिर । प्रदेश २ को राजधानी जनकपुरधामस्थित मुरली (विद्यापति) चोकमा छाला एवम् सौन्दर्यसम्बन्धी सम्पूर्ण समस्याको समाधान पाइने भएको छ ।

छाला एवम् सौन्दर्यसम्बन्धीको समस्या समाधानका लागि आगामी २० गतेदेखि जनकपुरमा ‘गेट वेल सुन नेपाल स्कीन एण्ड हेल्थ केयर सेन्टर’ सञ्चालनमा आउने भएको छ ।

सेवा शुभारम्भको अवसरमा मंसिर २० गते बिहान १० बजेदेखि गेट वेल सुनमा दुई जना विशेषज्ञ डा. प्रसन्नकुमार झा र डा. अजयकुमार झाले निःशुल्क परामर्श दिने छन् । सेन्टरमा चर्मरोग एवम् सौन्दर्य समस्याको परामर्श प्रसिद्ध विशेषज्ञ डा. प्रसन्नकुमारले दिने छन् भने डा. अजयकुमारले बालरोग, ब्लड रोग र क्यान्सर रोगको परामर्श दिने छन् । उक्त दिन ल्याब र औषधिमा समेत छूटको व्यवस्था गरिएको बताइएको छ ।

डा. प्रसन्नकुमार चर्मरोग, यौनरोग, कुष्ठरोग एवं सौन्दर्य विशेषज्ञ हुन् । उनले काठमाडौं विश्वविद्यालयबाट एमबीबीएस र भारतको प्रसिद्ध विश्वविद्यालय बनारस हिन्दू विश्वविद्यालय (बीएचयू)भारतबाट एमडी गरेका छन् । उनले फेलोसिप अफ एस्थेटिक मेडिसिन (फाम), जर्मनीबाट सौन्दर्य विशेषज्ञता हासिल गरेका हुन् ।

त्यसैगरी डा. अजयकुमार बालरोग, ब्लड रोग र क्यान्सर रोग विशेषज्ञ हुन् । उनले भारतको चण्डीगढस्थित पीजीआईबाट एमबीबीएस, एमडी एवम् डीएम गरेका छन् ।

गेट वेल सुनमा परामर्शका साथै फार्मेसी र प्याथोलोजी ल्याबको सुविधा छ । त्यस्तै चर्मरोग र सौन्दर्य समस्यामा सम्पूर्ण समाधान मिल्ने संस्थाका प्रबन्धनिर्देशक डा. प्रसन्नकुमार झाले बताए । उनले भने, ‘गेट वेल सुनमा बुटोक्स, फिलर्स, हेयर ट्रान्सप्लान्ट, लेजर, माइक्रोडर्माब्रेसन, माइक्रो निडिङका प्रविधि उपलब्ध छन् । स्कीन केयर सेन्टर प्रदेश २ मा नै पहिलोचोटि खुलेको हो । यहाँ रहेका कतिपय अत्याधुनिक प्रविधि र सेवा नेपालमै नयाँ हुन् ।’

सेन्टरमा अनुहारका दाग र धब्बा हटाउने, एसटीडी क्लिनिक, लेप्रोसी म्यानेजमेन्ट, पीआरपी, क्रेयोथेरापी, केमिकल पिल, पेडियाट्रिक्स, रगतसम्बन्धी सबै रोग, क्यान्सर उपचार पनि उपलब्ध छन् ।

प्रतिक्रिया
सम्बन्धित