
काठमाडौं, १६ मंसिर । सञ्चारकर्मी तथा भिडियो निर्देशक विना श्रेष्ठ ब्राण्ड एम्बेसडर रहेको एनप्सल प्रोफेसनले ६ प्रकारका सौन्दर्य सामग्री सार्वजनिक गरेको छ ।
विभिन्न सेलेब्रेटीहरुको उपस्थितिमा सौन्दर्य सामग्री सार्वजनिक गरिएको हो । सार्वजनिक सौन्दर्यका सामग्रीलाई भारतको प्रख्यात ब्रान्ड नन्दीनी हर्वल प्रालीले उत्पादन गरेको हो । केही महिनाअघि आफ्ना उत्पादनहरु सार्वजनिक गर्ने तयारी गरेकोमा कोरोना महामारी र लकडाउनका कारण ढिलो गरी सार्वजनिक गर्नु परेको कम्पनीका प्रबन्ध निर्देशक हितेश लिम्वानीले बताए ।
सौन्दर्य सामग्रीहरुको परीक्षण र निरीक्षणमा सरकारले चासो नराख्दा नक्कली सामाग्रीहरु बजारमा आइरहेकाले सचेत रहन एनप्लस प्रोफेसलनका क्षेत्रीय बजार व्यवस्थापक पदम शर्माले आग्रह गरे ।
विशेष गरि महिला सौन्दर्यमा बढी प्रभावकारी हुने सौन्दर्य सामग्री केही सेलेब्रेटीहरुको बीचमा सार्वजनिक गर्न पाएको भन्दै सौन्दयको क्षेत्रमा पनि ब्राण्डले सहयोग गर्दै जाने एनप्सल प्रोफेसनले बताएको छ ।
उत्पादनको लागि नेपालका लागि ब्राण्ड एम्बासडर रहेकी विनाले पनि सस्तो, लोकप्रिय र गुणस्तरीय सामग्री सौन्दयताका लागि उपयुक्त भएको बताइन् । नयाँ उत्पादनहरुमा अण्डर आमक्रिम, अण्डर आइक्रिम, रेटोनल सिरम, प्योर मिनिमाइजर सिरम, स्मुथिङ स्याम्फु र स्मुथिङ कन्डीस्नर सार्वजनिक गरिएका हुन् ।
नयाँ सौन्दर्य सामाग्री सार्वजनिक कार्यक्रममा पूर्व मिस नेपाल इभाना मानन्धर, गायक आनन्द कार्की, धिरज राई, गायिका रेखा शाह, अभिनेत्री शर्मिला मल्ल, नायिका एलिजा गौतम लगायत सेलेब्रेटीहरुको उपस्थिति थियो ।















प्रतिक्रिया