२९ आश्विन २०८३, बिहिबार

एमाले महाधिवेशनका तीन सन्देश : एकता, विजय र अग्रगति

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौं महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ ।

उद्‌घाटन समारोहमा लाखौंको अद्वितीय जनसागरले संसारको ध्यान आकृष्ट गर्यो भने अत्यन्त सौहार्द रूपमा सम्पन्न बन्दसत्रले मूलतः तीन वटा सन्देश दिएको छ ।

एकता

एमालेको चितवन महाधिवेशनले राजनेता केपी शर्मा ओलीको नेतृत्वमा रहेको एमाले नै नेपालको एकीकृत कम्युनिष्ट आन्दोलन हो भन्ने पुनः प्रमाणित गरेको छ । कम्युनिष्ट पार्टीको नाममा अझै केही नाङ्‌ले पसल बाँकी रहे पनि एमाले मात्र नेपालको कम्युनिष्ट आन्दोलन हो भन्ने कुरा एमालेले अङ्गिकार गरेको जनताको बहुदलीय जनवादी विचार, यसको राष्ट्रव्यापी मजबुत साङ्‌गठानिक सञ्जाल र राष्ट्रको समृद्धिका लागि एमालेको भिजन यसका सबभन्दा बलिया प्रमाण हुन् ।

एमाले नेता कार्यकर्ताको जनप्रेमी कार्यशैली, इमान्दारी र समर्पणलाई थप प्रमाणको रूपमा लिन सकिन्छ ।

निर्मल भट्टराई

विभिन्न भङ्गालामा छरिएका कम्युनिष्टहरूलाई एमालेले मात्र उचित सम्मान र स्थान दिन सक्छ भन्ने चितवन महाधिवेशनले देखाइदिएको छ । रामबहादुर थापा ‘बादल’ लगायत माओवादी आन्दोलनबाट आएका सयौं नेता–कार्यकर्तालाई उचित स्थानसहित सानदार व्यवस्थापन गरेको छ । यसले विभिन्न ‘खहरे’ कम्युनिष्ट पार्टीमा अल्मलिएर रहेका कम्युनिष्टलाई विना कुनै हिच्किचाहट एमालेमा समाहित हुन उत्साहित गरेको छ ।

एमालेमा सबैले आफ्नो योग्यता र क्षमताअनुसारको जिम्मेवारी पाउँछन् र एमालेजनहरू एकतामा आउने नेता–कार्यकर्तालाई हृदयदेखि नै माया गर्छन् भन्ने समेत एमालेको चितवन महाधिवेशनले प्रष्ट सन्देश दिएको छ । कतिपयले एमालेको चितवन महाधिवेशन सर्वसम्मत हुन नसकेको, केपी शर्मा ओलीसँग भीम रावलले प्रतिस्पर्धा गरेको कारण एमाले एकतामा शङ्‌का गरेको पाइन्छ ।

नेकपा (एमाले)ले देशको दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिमाथि पटक–पटक विजय प्राप्त गर्दै आएको छ । सत्तामा रहँदा एमालेले देशको समृद्धिको लागि युगीन महत्वका कार्यक्रमको कार्यान्वयन समेत गरेको छ । तर यसमा समस्या के छ भने मुख्य रूपमा पार्टीको आन्तरिक कारण र बाह्य कारणले विजयलाई लक्षित समयसम्म टिकाइ राख्न एमाले असफल रहँदै आएको छ ।

एउटा जीवन्त एवम् लोकतान्त्रिक पार्टीमा नेतृत्वका लागि प्रतिस्पर्धा हुने कुरा अत्यन्त सामान्य कुरा हो । एमालेजस्तो देश हाँक्न सक्ने एक मात्र पार्टीमा मुर्दा शान्ति वा निरपेक्ष सहमतिको कल्पना पनि गर्न सकिंदैन । स्वयम् नेता भीम रावलले जित्नका लागि होइन, अन्तरपार्टी लोकतन्त्रका लागि आफूले प्रतिस्पर्धा गरेको धारणा सार्वजनिक गरिसकेको सन्दर्भमा उक्त शङ्‌कामा कुनै आधार देखिदैन ।

विजय

नेकपा (एमाले)ले देशको दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिमाथि पटक–पटक विजय प्राप्त गर्दै आएको छ । सत्तामा रहँदा एमालेले देशको समृद्धिको लागि युगीन महत्वका कार्यक्रमको कार्यान्वयन समेत गरेको छ । तर यसमा समस्या के छ भने मुख्य रूपमा पार्टीको आन्तरिक कारण र बाह्य कारणले विजयलाई लक्षित समयसम्म टिकाइ राख्न एमाले असफल रहँदै आएको छ । एमाले–माओवादी एकताले नेपालमा कयौं वर्ष कम्युनिष्टले शासन गर्ने आधार दिएको थियो ।

राजनेता केपी शर्मा ओलीको नेतृत्वमा छोटो समयमा देशको कायाकल्प हुने सुन्दर अवसर थियो । राष्ट्रियता र देशको सार्वभौमिकता मजबुत बनाउन सक्ने र देशको साख अन्तर्राष्ट्रिय जगतमा फैलाउन सक्ने स्वर्णिम अवसर थियो । तर पार्टीको आन्तरिक कारणले देशले अपुरणीय क्षति व्यहोर्नु पर्योे । परिवर्तनकारी-समाजवादी शक्तिले सत्ता बाहिर रहनु पर्यो । देशले दक्षिणपन्थीहरूको अपवित्र गठबन्धनको सत्ता भोग्नु पर्यो ।

यस्तो परिस्थितिमा सम्पन्न एमाले महाधिवेशनले ‘एकताबद्ध भएर लड, दिग्विजय पक्का छ’ भन्ने प्रष्ट सन्देश दिएको छ । नेतृत्व पुञ्जको बीचमा विगतमा पटक-पटक देखिएको स्वार्थको टकराव नदोहोरिने हो भने एमालेलाई कसैले पराजित गर्न सक्दैन भन्ने एमालेको दशौं महाधिवेशनको प्रष्ट सन्देश हो । एमाले दिन प्रतिदिन मजबुत हुदै जानु, मुख्य प्रतिद्वन्दी काङ्‌ग्रेसको अलोकप्रियता कायम रहनु र नेपालको कम्युनिष्ट आन्दोलनका कैंचीहरू प्रचण्ड र माधव नेपालको भुईं खाली हुँदै जानु अहिलेको राजनीतिक यथार्थ हो ।

अग्रगति

पटक–पटक प्रमाणित भएको छ, यो देशका एमालेको शक्तिशाली सरकार नभइ देशको अग्रगति सम्भव छैन । भिजनसहितको शक्तिशाली पार्टी, सबैलाई समेट्न सक्ने निःस्वार्थ शक्तिशाली नेता एमालेमा बाहेक अन्त कहीं भेटिदैन । चितवनमा एमाले र ओलीको समर्थनमा उर्लिएको जनसागरले देशको अग्रगति केवल एमालेको नेतृत्वमा मात्र सम्भव छ, टालाटुली बटुलेर एकछिन सत्ताको खेल खेल्नेहरूबाट विलकुल सम्भव छैन भन्ने प्रष्ट देखाएको छ ।