७ कार्तिक २०८३, शनिबार

मुक्तिनाथ विकास बैंकको कार्डबाहकलाई गहना खरिद र उपचारमा छूट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । मुक्तिनाथ विकास बैंकका कार्डवहाकले नारायणी सेन्ट्रल अस्पताल र देव कर्नरमा विशेष छूट पाउने भएका छन् ।

बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिने उद्देश्यले यी संस्थासँग सम्झौता गरेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्ले जानकारी दिए ।

बैंकले बीरगञ्जमा रहेको नारायणी सेन्ट्रल अस्पताल बीरगंज प्रालिसँग र काठमाडौंमा विभिन्न शाखाहरु रहेको देव कर्नर ज्वेलरी सँग व्यावसायिक सम्झौताहरुमा हस्ताक्षर गरेको छ । सम्झौता अनुसार बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले अस्पतालका सेवाहरु जस्तै बेड चार्ज, रेडियोलोजी, इन्भेस्टिगेसन, डक्टर कन्सलटेसन्स जस्ता प्रक्रियाहरुमा १५ प्रतिशतसम्म छूट प्राप्त गर्न सक्ने छन् ।

साथै, देव कर्नरमा पनि सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले विभिन्न सेवामा ३० प्रतिशतसम्म छूटको फाइदा लिन सक्ने छन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भीषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेशीनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।