७ कार्तिक २०८३, शनिबार

“८ प्रतिशत नबिल डिबेन्चर २०८५” को सूचीकरणको लागि सम्झौता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ मंसिर । नबिल बैंक लिमिटेडले र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच “८ प्रतिशत नबिल डिबेन्चर २०८५” को ऋणपत्रको सूचीकरण सम्झौता भएको छ ।

दुई पक्षबीच ऋणपत्र क्रम संख्या १ देखि २२,०७,१०८ सम्म अंकित तथा चुक्ता मूल्य रु. १,००० कायम भएको कुल २२,०७,१०८ कित्ता थान ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको हो ।

सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेप्सेको तर्पmबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले हस्ताक्षर गरेका छन् ।

बैंकले हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक कम्पनी) मार्फत बिक्रीका लागि २०७८ साउन १० गते आव्हान गरी साउन ३१ मा बाँडफाँड गरेको थियो ।

सूचीकृत “८ प्रतिशत नबिल डिबेन्चर २०८५” (NBLD85) को दोश्रो बजारको कारोबार भोलि मंसिर १६ देखिबाट नेप्सेमा शुरु हुनेछ । ७ वर्ष अवधि रहेको यस डिबेन्चरको भुक्तानी २०८५ साउन ३० मा हुनेछ ।

साथै, नबिल बैंकको तर्फबाट यस डिबेन्चर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका डिबेन्चरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायतका रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नबिलइन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडसँग डिबेन्चर रजिष्ट्रार सम्झौता समेत गरिएको छ ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८८ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।

बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।