शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अविताको फास्ट–फर्वाड ल्यापटप सिरिज नेपाल आइपुग्यो

दैनिक नेपाल २०७८ मंसिर १५ गते ९:४८

काठमाडौं, १५ मंसिर । अमेरिका, हङकङ्ग, सिङ्गापुर, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया र भारत जस्ता देशमा सफलतापूर्वक आफ्नो बजार विस्तार गरिसकेपछि अविताले अब नेपालमा पनि आफ्नो लाइफस्टाइल टेक ब्रान्डसहित व्यापार विस्तार गर्ने भएको छ ।

अविताले बजारमा अतुलनीय तर, निर्बाध कम्प्युटिङको अनुभव दिनेमा विश्वस्त छ । यसमा भविष्यवादी दृष्टिकोणले प्राविधिक विकासहरूसँगै नयाँ पुस्ताका प्रयोगकर्ताको चाहना अनुरुप नवप्रवर्तनलार्ई प्रोत्साहित गर्ने उद्देश्य राखेको विज्ञप्तिमा उल्लेख छ ।

अविताले नेपाली बजारमा आफ्नो पकड जमाउन विशेष गरी जीवन्त रंगमा डिजाइन गरिएको र विशिष्ट विशेषता सम्मिलित कुशलतापूर्वक निर्मित ल्यापटपका शृङ्खलाहरु ल्याएको छ ।

यो ब्राण्डका ल्यापटप हल्का, अल्ट्रा–पोर्टेबल र अपुर्व विशेषताले भरिपुर्ण रहेकोले युवा वर्गलाई आकर्षित गर्ने विश्वास लिइएको छ ।

यो ब्रान्डको ‘एसेन्शियल’, ‘म्यागस २–इन–१’ र ‘प्यूरा ई’ सिरिजका अतिरिक्त ‘रेड डट डिजाइन’ अवार्ड विजेता २०२१ – ‘लाइवर भी १४’ ल्यापटप शृङ्खलाले नेपालको बजारलाई उत्साहित गर्नेछ ।

सबै अविताका उत्पादनहरू २ वर्षको अन–साइट वारेन्टीसहित आउँदछन भने ‘म्यागस २–इन–१’ मा २ वर्षको क्यारी–इन वारेन्टी आउँदछ ।

प्रतिक्रिया
सम्बन्धित