७ कार्तिक २०८३, शनिबार

आज पनि घट्यो सुन तथा चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ ।

अघिल्लो दिन सोमबार १०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार फेरि १०० रुपैयाँले नै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँको कमी आएको छ । महासंघका अनुसकार आज चाँदी १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।