शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बैंक अफ काठमाण्डू लिमिटेडको ग्राहक महानुभावलाई बीमा दाबी रकम भुक्तानी

दैनिक नेपाल २०७८ मंसिर १३ गते १८:१६

काठमाडौँ, १३ मंसिर । बैंक अफ काठमाण्डू लिमिटेडले गोपाल खत्रीलाई दुर्घटनाजन्य पूर्ण अशक्त्तता वापत रु. पाँच लाखको बीमा दाबी रकम हस्तान्तरण गरेकोे छ ।

उक्त खातावाहक खत्रीको दुर्घटनामा परी पूर्ण रुपमा अशक्त्तता भएकाले बैंकले बीमा सेवा प्रदायक कम्पनि सिद्धार्थ इन्सुरेन्स कम्पनि लिमिटेडसँग समन्वय गरी रकम हस्तान्तरण गरेको हो ।

बैंकको लुम्बिनी प्रदेशको नेपालगंज प्रादेशिक कार्यालयका प्रमुख गणेश खत्रीले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक गोपाल खत्रीलाई हस्तान्तरण गरे ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८२ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित