शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्राइम बैंक र नेपाल पेमेन्ट सोलुसन्सबीच डिजिटल सम्झौता

दैनिक नेपाल २०७८ मंसिर १३ गते १३:१६

काठमाडौं, १३ मंसिर । नेपाल पेमेन्ट सोलुसन्सले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै प्राईम बैंकसँग सहकार्यका लागि सम्झौता गरेको छ ।

नेपाल पेमेन्ट सोलुसन्स प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सीएक्सओ र अभय रिजाल, सीबीओ तथा प्राईम बैंकको तर्फबाट नकुल पौडेल, डिजिटल बिजनेशको इन चार्ज र शिव प्रकाश ढकाल, कार्ड सेन्टरको इन्चार्जले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्सले प्राईम बैंकसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, प्राइम बैंकसँग आवद्ध ग्राहकहरूले नेपाल पेमेन्ट सोलुसन्सको चेकआउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरू उपयोग गर्न पाउने छन् । नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरूमार्फत उपलब्ध गराएको छ ।

नेपाल पेमेन्ट सोलुसन प्रालि एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तीय संस्थाहरु, पीएसपीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यावसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ ।

नेपाल पेमेन्ट सोलुसनले अधिकाशं ‘क’ वर्ग, ‘ख’ वर्ग र ‘ग’ वर्गका बैंक तथा अन्य वित्तीय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ । समग्रमा, नेपाल पेमेन्ट सोलुसन्स एउटा फिन्टेक क्षेत्रमा नाम बनाइसकेको बलियो कम्पनी हो जसले ५० भन्दा बढि बैंक, २० भन्दा बढि वालेट तथा १५ भन्दा बढी रेमिट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित