शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नर्भिकमा यूरोलोजीको विशेष टीम र बालरोग विशेषज्ञले निःशुल्क ओपीडी सेवा दिने

दैनिक नेपाल २०७८ मंसिर १३ गते १२:४३

काठमाडौं, १३ मंसिर । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार दुई जना विशेषज्ञ चिकित्सकले निःशुल्क ओपीडी (बहिरङ्ग) सेवा सञ्चालन गर्ने भएका छन् ।

नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. यादव ढकाल र वरिष्ठ यूरोलोजिष्ट डा. सुनिल श्रेष्ठ नेतृत्वको टीमले निःशुल्क ओपीडी सेवा दिने भएका हुन् । विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा. ढकालको ओपीडीबाट लाभ लिन सक्ने छन् ।

यस्तै, प्रोस्टेट ग्रन्थी, मृगौला, मूत्रनली, मूत्रथैलीमा पत्थरी भएका लगायत समस्या भएका बिरामीहरुले डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमको ओपीडीबाट लाभ लिन सक्ने छन् । डा. श्रेष्ठसँगै डा. सञ्जिव श्रेष्ठ लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समेत रहने छन् ।

शनिबारको निःशुल्क ओपीडीमा सहभागी हुने बिरामीको शल्यक्रिया गर्नुपरेमा उनीहरुलाई सहुलियत दरको व्यवस्था मिलाइने समेत नर्भिक अस्पतालले जनाएको छ ।

शनिबार बालरोग विशेषज्ञ डा. ढकालले बिहान १० देखि १२ बजेसम्म र डा. श्रेष्ठ नेतृत्वको यूरोलोजी टीमले बिहान १० बजेदेखि ११ बजेसम्म निःशुल्क ओपीडी सञ्चालन गर्ने छन् ।

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवालाई सञ्चालन गर्दै आएको छ । निःशुल्क ओपीडी सेवामा सर्वसाधारणको आकर्षण छ ।

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।

प्रतिक्रिया
सम्बन्धित