शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नाडामा देखिएका समस्या समाधान गर्न मेरो उम्मेदवारी : ध्रुव थापा

दैनिक नेपाल २०७८ मंसिर १३ गते १२:१७

काठमाडौं, १३ मंसिर । ‘अब बनाउनु छ नाडा, सबै अटोमोवाइल्स व्यवसायसीको साझा’ भन्ने मूल नाराका साथ शनिबार बिहान ध्रुव थापा समूहले काठमाडौंको होटेल क्राउन इम्पेरियलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी निर्वाचनको सम्बन्धमा अन्तक्रिया तथा छलफल कार्यक्रम गरेको थियो ।

काठमाडौं बाहिर रहेका अटो व्यवसायीहरुसँग छलफल गर्न टीम निस्कनु अघि भएको उक्त अन्तक्रियामा नाडामा देखिएका समस्या समाधान गर्न नै आफुले अध्यक्ष पदमा उमेद्वारी दिएको ध्रुव थापाले बताए ।

मंसिर २३ र २४ गते आयोजना हुने नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको साधारण र निर्वाचनको कार्यक्रममा ध्रुव थापा समूहले कसरी यो क्षेत्रको समस्या पहिचान र त्यसको निराकरण गर्न सकिन्छ भन्ने विषयमा काठमाडौंमा रहेका व्यवसायीहरुसँग छलफल गरेको हो ।

नाडाको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका ध्रुव थापा र उनको प्यानलबाट निर्वाचन लड्न लागेका १६ सदस्यहरु टुङ्गो लागेसँगै काठमाडौंमा छलफल गरेर टीम पश्चिम नेपालको भ्रमणमा निस्केको हो ।

अन्तक्रिया कार्यक्रम नाडाका वर्ततमान कार्यसमिति सदस्य कपील सिवाकोटीले सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा नेपालका पुराना अटोमोवाइल्स व्यवसायी शेषनारायण श्रेष्ठलगायत काठमाडौँका सम्पूर्ण स्पेयर्स पार्टस् व्यवसायीहरुको सभागिता रहेको थियो ।

उपस्थित व्यवसायीहरुसँग अध्यक्षका प्रत्याशी थापा लगायतका सम्पूर्ण सदस्यका उमेद्वारले नाडामा देखिएको विद्यमान समस्या र समाधान सम्बन्धी विषयमा व्यापक छलफल गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष पदको उम्मेदवार थापाले विगतमा दुई पटक नाडाको उपाध्यक्ष पदमा रहेर काम गरे पनि अझै आफूलाई नेतृत्व गर्न नसक्ने आरोप केही साथीहरुले लगाउने गरेको बताए ।

‘हरेक संघ संस्थामा बसेर मैले कुसल नेतृत्व दिएको छु । यो क्षेत्रमा रहेका सानादेखि ठूला समस्यासँग म जानकार छु, विगतदेखिनै तपाईहरुको बीचमा रहेर काम गरेको छु । तपाईहरुको हरेक समस्या आफैँलाई परेको सम्झेर काम गर्ने छु,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित