
काठमाडौँ, १३ मंसिर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको केन्द्रीय निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम संशोधन गरेको छ । आयोगले आइतबार राती एक सूचना जारी गर्दै सोमबार निर्वाचनको कार्यक्रम राखिएको जनाएको छ ।
नयाँ तालिकाअनुसार उम्मेदवारको दरखास्त फारम वितरण १३ गते विहान ८ बजेदखि ९ः२० बजेसम्म राखिएको छ । त्यस्तै, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन बिहान १०ः३० बजे गर्ने र अन्तिम नामावली बिहान ११ः४० बजे गर्ने सूचनामा उल्लेख छ । मतदान भने बेलुका ९ बजेदेखि बिहान ३ बजेसम्म गर्ने नयाँ तालिकामा उल्लेख छ ।
सहमतिमै नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचनको तालिका सार्वजनिक गरिएको बताइएको छ ।












प्रतिक्रिया