मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

सुनको मूल्य तोलामा २०० रुपैयाँले बढ्यो

दैनिक नेपाल २०७८ मंसिर १२ गते १३:४०

काठमाडौं, १२ मंसिर । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बृद्धि भई ९२ हजार १०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन आज प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित