
काठमाडौँ, ११ मंसिर । सामाजिक सञ्जालमा चर्चित मुकुन्द घिमिरे अर्थात् मुकुन्देले इन्गेजमेन्ट गरेका छन् ।
उनले आफूले शनिबार इन्गेजमेन्ट गरेको तस्वीर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
उनले झापाकी इन्दिरा सङ्ग्रौलासँग उनले औँठी र फूलमाला साटासाट गरेका हुन् ।
कुनैबेला रत्नपार्कको पिपलको रुखमा भाषण गर्ने उनी हिजोआज सामाजिक सञ्जालमार्फत समृद्ध नेपाल बनाउने विचार राख्दै आएका छन् ।
उनले मंसिरमै विवाह गर्ने घोषणा गर्दै आए पनि मिति भने उल्लेख गरेका छैनन् ।












प्रतिक्रिया