
काठमाडौँ, ११ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको लोकतन्त्र भनकै सहमति, समझदारी र एकता रहेको बताएका छन् ।
शनिबार चितवनमा जारी पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
देशभरबाट महाधिवेशन प्रतिनिधिहरु सर्वसम्मतिले चयन हुनु गौरवको विषय भएको ओलीको भनाइ छ । ओलीले भने–‘पार्टीभित्रको मुख्य लोकतन्त्र समझदारी हो, सहमति हो, एकता हो, एकतापूर्ण ढंगले सहमतिका साथ अगाडि बढ्नु पार्टीभित्रको मुख्य लोकतन्त्र हो । विपक्षीसँगको हाम्रो संघर्ष प्रतिस्पर्धामा हुन्छ । पार्टीभित्रको प्रतिस्पर्धा मूल्याङ्कनमा हुन्छ ।’
उनले लोकतन्त्र भनेको खाली चुनाव मात्रै हो भनेर नबुझ्न पनि आग्रह गरे ।












प्रतिक्रिया