
काठमाडौँ, ११ मंसिर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा प्रवासका युवा नेता डा. विनोद श्रेष्ठले आदिबासी जनजाती समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
ईन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस ललितपुरबाट सिभिल ईन्जिनियरिङ बिषयमा स्नातकोत्तर सम्मको अध्ययन सकेर अष्ट्रेलियाको सिड्नी विश्वविद्यालयबाट विद्याबारिधी गरेका डा. श्रेष्ठ हाल प्रबासी नेपाली मञ्च अन्र्तगत ओसिनिया क्षेत्रको ईञ्चार्ज, ज्ञान तथा सीप आदान प्रदान विभागको प्रमुखको रुपमा अन्तरराष्ट्रिय कमिटिमा काम गर्दै आईरहेका छन् ।
राजनीति कालमा ईन्जिनियरिङ क्षेत्रका चर्चित यूवा नेता डा. श्रेष्ठको गृह जिल्ला चितवनको रत्ननगर नगरपालिका १४ पिठुवा हो । उनी जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग सँगै अध्ययन गरेका सहपाठी समेत हुन् ।
डा. श्रेष्ठले समृद्ध नेपाल सुखी नेपाली नारालाई साकार पार्ने सन्दर्भमा विज्ञान र प्रविधिको अधिकतम उपयोग गर्दै देश तथा विदेशमा रहेका लाखौं यूवाहरुलाई देश विकासको महान अभियानमा समाहित गर्न भूमिका खेल्ने तथा पार्टीको अन्तरराष्ट्रिय स्तरमा पनि ब्यापक संगठन बिस्तारमा भूमिका निर्वाह गर्न उम्मेदवारी दिएको बताएका छन् ।
पार्टीका विभिन्न तह, निकायहरु, विभाग, जनसंगठन, विभिन्न जिल्लाहरु एवम् देश विदेशबाट महाधिबेशन प्रतिनिधि बन्नु भएका सम्पूर्ण महाधिबेशन प्रतिनिधिहरुलाई मतदानको लागि समेत हार्दिक अपिल गरेका छन् ।












प्रतिक्रिया