शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

पोखराबाट दुई लाख अमेरिकी डलरसहित एक जना पक्राउ

दैनिक नेपाल २०७८ मंसिर ११ गते १४:५९

सांकेतिक तस्वीर

काठमाडौँ, ११ मंसिर । प्रहरीले कास्कीको पोखराबाट करिब २ लाख अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँबाट पोखरा जाँदै गरेको माइक्रो बसबाट प्रहरीले एक लाख ९४ हजार दुई सय अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुस्ताङको लो घेकर दामोदर कुण्ड घर भइ पोखराको शिवालय चोकका छिरिङ डुन्डुक गुरुङ छन् ।

उक्त रकम दुई करोड ३२ लाख ६ हजार नेपाली रुपैयाँ हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित