काठमाडौं, ११ मंसिर । सिभिल बैंकले संचालक समितिका अध्यक्ष प्रतापजङ्ग पाण्डको प्रमुख अतिथ्य तथा प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलको अध्यक्षतामा बैंकको प्रधान कार्यालयमा बिभिन्न सेवाहरुको थालनीको साथ साथै विविध कार्यक्रमहरुको आयोजना गरीे एघारौं वार्षिकोत्सवको गरी मनाएको छ ।
बैंकले प्रधान कार्यालय लगायत देशभरिका शाखाहरुमा समेत बिभिन्न कार्यक्रमहरु आयोजना गरेको छ ।
बैंकको प्रधान कार्यालयमा प्रायोरीटि बैंकिग सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डेले तथा कल सेन्टर सेवा र मिस्ड कल बैंकिंग “एक घण्टी झ्याप्प पेमेन्ट” सेवाको शुभारम्भ बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरेका छन् ।















प्रतिक्रिया