
काठमाडौँ, १० मंसिर । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
चितवनस्थित नारायणी किनारमा शुक्रबारदेखि सुरु भएको दशौँ राष्ट्रिय महाधिवेशनमा भुसालले उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले चितवनबाटै उम्मेदवारी दिएका हुन् ।
यसैबीच महाधिवेशनमा नेतृत्व चयनमा सहमति जुटाउनका लागि बन्दसत्रअघि सौराहस्थित जंगल क्राउन होटेलमा ८ बजेदेखि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।












प्रतिक्रिया