१९ कार्तिक २०८३, बिहिबार

ओलीले प्रधानमन्त्रीलाई भनेः मलाई अप्ठ्यारो पार्नेहरूले तपाईंको खुट्टा तानिरहेका छन्

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि काम गर्न अप्ठ्यारो भएको हुनसक्ने बताएका छन् ।

शुक्रबार चितवनमा एमालेको १० औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीलाई मैले धेरै भन्न चाहन्न। मलाई अप्ठ्यारो पार्नेहरुले नै तपाईंको खुट्टा तान्न लाग्नुभएको छ ।’

ओलीले माओवादी र एकीकृत समाजवादीतर्फ संकेत गर्दै यस्तो बताएका हुन् ।

उनले देउवालाई भने, ‘एउटा गोप्य कुरा प्रधानमन्त्रीसँग खुलाउनै पर्ने भयो । एमालेले बहुमत ल्याउँछ । विकासका बाँकी रहेका काम चुनावपछि आउने एमाले सरकारले गर्छ ।’