१९ कार्तिक २०८३, बिहिबार

एमाले महाधिवेशनः यी ४ देशका १५ विदेशी पाहुना आउँदै

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ मंसिर । नेकपा एमालेले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा विभिन्न देशका अतिथिहरु सहभागी हुने भएका छन् ।

एमालेले बिहीबार महाधिवेशनमा आउने पाहुनाहरुको नामावली सार्वजनिक गरेको छ ।

एमालेको विदेश मामिला प्रमुख तथा महाधिवेशनका अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा ४ देशका १५ जना अतिथि महाधिवेशनमा सहभागी हुने जानकारी दिए ।

भट्टराईका अनुसार भारतबाट ७ जना, कम्बोडियाबाट ४ जना, बंगलादेशबाट ३ जना र श्रीलंकाबाट १ जना अतिथि महाधिवेशनमा सहभागी हुनेछन् । काठमाडौं आइपुगेका केही अतिथिलाई उनले सोल्टी होटलमा रात्रीभोजको समेत आयोजना गरेका छन् ।

ती अतिथिहरुले उद्घाटन सत्रका दिन शुभकामना दिनेछन् भने मंसिर १२ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुसँग संयुक्त रुपमा ब्रेकफास्ट मिटिङ गर्ने कार्यक्रम तय भएको छ । विदेशी पाहुनाहरुलाई चितवनको ग्रीन मेनसन जंगल रिर्सोटमा बसोबासको व्यवस्था मिलाइएको छ ।

यसैबीच एमाले महाधिवेशनका लागि विश्वका १५ देशका कम्युनिष्ट पार्टीहरुले शुभकामना सन्देश पठाएका छन् ।