७ कार्तिक २०८३, शनिबार

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबीच सम्झौता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ मंसिर । नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेड बिच न्यून आय भएकालाई कर्जा लगानीको सम्झौता भएको छ ।

वुधबार भएको सम्झौतामा खासगरी सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलितवर्ग, फरक ढंगले सक्षमव्यक्तिहरु, सीमान्तकृत समुदायतथा सानाकिसान, कालिगढ, मजदूर र भुमिहीनविपन्न परिवारहरुलाई विपन्न वर्ग अन्तर्गत लगानी गरिनेछ ।

सो कर्जा सम्झौतामा नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोषका तर्फबाट कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र गरिमा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।