बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

महाधिवेशनका लागि अध्यक्ष ओली चितवनमा

दैनिक नेपाल २०७८ मंसिर ९ गते १४:३२

काठमाडौँ, ९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुगेका छन् ।

शुक्रबारदेखि हुन गइरहेको पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष ओली आजै चितवन पुगेका हुन् ।

महाधिवेशनको शुक्रबार साढे १२ बजे भव्य उद्घाटन हुँदैछ । उनले आज सौराहास्थित बुद्धिजीविहरुसँग अन्तरक्रिया गर्ने पनि बताइएको छ ।

त्यस्तै, ओलीले महाधिवेशनस्थल, बन्दसत्रहललगायतको अवलोकन समेत गर्ने कार्यक्रम बनाइएको छ । महाधिवेशनका लागि देशभरबाट नेता कार्यकर्ताहरु चितवन जान थालेका छन् ।

महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित