बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

दूधको मूल्य प्रतिलिटर १४ रुपियाँ बढाउन प्रस्ताव

दैनिक नेपाल २०७८ मंसिर ९ गते १०:२७

काठमाडौं, ९ मंसिर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बढाउन गृहकार्य सुरु गरिरहेको छ ।

कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुुग्ध विकास बोर्डले एक चरण सरोकारवालासँग छलफल गरिसकेको छ ।

बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्रप्रसाद यादवले दूधको मूल्य वृद्धि गर्ने विषयमा सरोकारवालासँग छलफल गरिसकेको बताए ।

किसानको तर्फबाट केन्द्रीय दुुग्ध सहकारी संघ लिमिटेडले प्रतिलिटर १४ रुपियाँ र डेरी उद्योगीबाट नेपाल डेरी एसोसिएसन तथा डेरी उद्योग संघले १० रुपियाँ वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

दुग्ध विकास संस्थान (डीडीसी)ले पनि अध्ययन गरेर दूधको मूल्य वृद्धि हुुनुपर्ने भनेको छ । केन्द्रीय पशुपालन सहकारी संघले हालको मूल्यमा २० प्रतिशत थपेर मूल्य वृद्धि गर्नुुपर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित