शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

पल्सर मोटरसाईकलसहित एक युवक नियन्त्रणमा

दैनिक नेपाल २०७८ मंसिर ८ गते १९:११

काठमाडौँ, ८ मंसिर । गोदावरीबाट चोरीको मोटरसाईकल सहित एक जना युवकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।

सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले गोदाबारी नगरपालिका – १२ ठेचोबाट कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाईकल बास्तविक नम्वर परिवर्तन गरि प्रदेश३ ०२–०१४ प १२८३ नम्वर हालेर चलाइरहेको अबस्थामा गोदाबारी नगरपालिका – १२ ठेचो, ललितपुर बस्ने छोरा वर्ष ३१ को विकेश महर्जनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

उक्त मोटरसाईकलको वास्तविक नम्बर बागमती प्रदेश–०२–०१६ प १९३७ रहेको खुल्न आएको पनि उनले बताए ।

पक्राउ भएको मोटरसाइकल २०७७ सालको असोज महिनामा मुलपानीबाट हराएको भनी कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ माकलबारी बस्ने मनिस सेन्चुरीले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए ।

पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहिका लागी महानगरीय प्रहरी बृत्त बौद्धमा पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित