बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अब नो एकता, नो एकीकरण, आउनुस् एमालेमा मिलेर काम गरौँः केपी ओली

दैनिक नेपाल २०७८ मंसिर ८ गते १७:३१

काठमाडौँ, ८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले एकता गर्ने कुनै पार्टी नरहेको बताएका छन् ।

उनले वुधबार युवा संघले बनाएको साइबर सर्कल घोषणा सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘अब नेकपा एमालेले एकता एकीकरण गर्नुपर्ने पार्टी कुनै रहेन, त्यसकारण नो एकता, नो एकीकरण’ उनले भने, ‘जो साथीहरु हुनुहुन्छ आउनुस्,, एमालेमा मिलेर काम गरौं ।’

ओलीले अघि भने, ‘एकता एकीकरणको वार्ता को सँग गर्ने ? माधव नेपालसँग गर्ने एकीकरण ? माधव नेपालले झुक्याएर लगेका साथीहरु निद्राबाट ब्यूँझिनुस् र फर्किनुस् ।’

प्रतिक्रिया
सम्बन्धित