शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

विमान नेपालगञ्ज अवतरण गर्नु पाइलटको बाध्यताः वायु सेवा निगम

दैनिक नेपाल २०७८ मंसिर ८ गते १५:०८

काठमाडौँ, ८ मंसिर । नेपाल वायु सेवा निगमले मंगलबार रुकुम (सल्ले) का लागि काठमाडौँबाट उडेको जहाज नेपालगञ्ज अवतरण गर्नु पाइलटको बाध्यता भएको जनाएको छ ।

वुधबार निगमले एक विज्ञप्ति जारी गर्दै घटनाबारे बाहिर उठेको टिका टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै नेपालगञ्जत अवतरण गराउनु पर्नाको कारण रहर नभएर बाध्यता भएको बताएको छ ।

मंगलबार बिहान ५ः १५ का लागि काठमाडौँ–रुकुम (सल्ले) उडान तालिका तयको निगमको जहाज खराब मौसमका कारण समयमै उड्न नसकेको र ढिला गरी २ः १५ मा मात्र उडेको निगमले जनाएको छ ।

उक्त जहाज सल्ले पुग्न बेलुकी ५ बज्ने तर जहाजको चालक दल सहितका अन्य कर्मचारीको ड्युटी समय ४ बजेसम्मको मात्र भएकाले समय पाबन्दीका कारण बाध्यताले नेपालगञ्जसम्म उडान भर्ने निर्णयमा निगम पुगेको बताएको छ ।

एक पाइलटले दैनिक १० घण्टासम्म उडान भर्न सक्ने अन्तर्राष्ट्रिय नियम अनुसार नै उक्त निर्णय लिइएको निगमको भनाई छ । निगमले पर्खिरहेका यात्रुहरुलाई नेपालगञ्जसम्म भए पनि पुर्याउँ भनेर अवतरण गराइएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित