बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सानिमा बैंकद्वारा १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण

दैनिक नेपाल २०७८ मंसिर ८ गते ७:५८

काठमाडौं, ८ मंसिर । सानिमा बैंकले सानिमा दीर्घायु बचत खाताअन्तर्गत दीर्घायु तलब बचत खातावालाको परिवारलाई रु. १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ ।

बैंकका खातावाला राजु लामा तामाङको दुर्घटना भई मुत्यु भएकोले उनी श्रीमती कल्पना लामा तामाङलाई सानिमा दीर्घायु तलब बचत खाता अन्तर्गत रु. १० लाख दुर्घटना बीमा रकम प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बीमाको रकम बैंकका निक्षेप व्यवस्थापन–रिटेलका प्रमुख टंकमणि बराल र बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका रामजी ढकालले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

स्व.राजु लामा तामाङले सानिमा बैंकको कागेश्वरी मनोहरा कार्यालयमा सानिमा दीर्घायु तलब बचत खाता खोलेका थिए ।

सानिमा बैंकले दीर्घायु बचत योजनाअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु ३ लाखसम्मको ६ जटिल रोगको उपचार बीमा, रु ५० हजारसम्मको स्वास्थ बीमा रु १० हजार बराबरको ओपिडी सेवा र ५ हजारसम्मको स्वास्थ परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित