शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

मुर्कुटीमा सिटिजन्स बैंकको शाखाबाट सेवा सुरु

दैनिक नेपाल २०७८ मंसिर ८ गते ७:५०

मुर्कुटी, ८ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

यसै क्रममा बैंकले दाङ जिल्लाको बंगलाचुली गाउँपालिका, मुर्कुटीमा ८६औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ ।

सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी होतीदेवी वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित