
रुपन्देही, ७ मंसिर । नेपाली काँग्रेसको रुपन्देहीमा मतदानस्थलमै कुटाकुट भएको छ ।
पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं २ को मतगणना स्थलमा कुटाकुट भएको हो ।
सोमबार भएको निर्वाचनको मंगलबार मतगणनामा विवाद भएपछि कुटाकुट भएको बताइएको छ ।
कुटाकुटमा रामचन्द्र पौडेल समूहबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका दीर्घ बहादुर केसी घाइते भएका छन् ।
देउवा समूहको कुटाइबाट गम्भीर चोट लागेको बताइएको छ ।
केसीको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको बताइएको छ ।












प्रतिक्रिया