
काठमाडौँ, ७ मंसिर । नेकपा(एमाले)का सचिव गोकर्ण विष्टले अब पार्टीमा कुनै पनि गुटबन्दी र प्यान नहुने बताएका छन् ।
मंगलबार स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै विष्टले आगामी महाधिवेशनमा कुनैपनि विवाद र अन्तरविरोध नरहेको बताए ।
विष्टले एमालेको महाधिवेशन सहमती र समझदारीकै आधारमा सम्पन्न गर्ने भन्दै एमालेभित्र कुनै गुटबन्दी र प्यानल नभएको स्पष्ट पारे ।
उनले भने, ‘बाहिर जुन प्रकारले एमालेको महाधिवेशनमा भाँडभैलो होलाकी भनेर मान्छेले अनुमान, कल्पना गरेका होलान् । त्यो प्रकारको अवस्था आउँदैन । हामी आउन दिदैनौँ । समझदारीपूर्वक, अत्यन्त उच्च उत्साह पैदा गर्नेगरी नै हामी अगाडी बढ्छौँ । एमालेभित्र कुनै गुटबन्दी, प्यानल छैन । गुटरहित, प्यानलरहित एमाले निर्माणको लागि हामी अगाडी बढ्छौँ ।’












प्रतिक्रिया