
काठमाडौँ, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा चुनौती दिन पाइने बताएका छन् ।
उनले उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा दिएको उम्मेदवारी आफूलाई चुनौती नभएर आफूप्रति सम्मान देखाएको बताएका छन् ।
ओलीले रावलको सुझावबाट आफू प्रभावित भएको बताउँदै ओलीले भने, ‘मैले उठ्ने टुंगो गरेको छैन । उठ्ने टुंगो गरेँ भने निर्विरोध छोड्न पनि पाइन्छ, चुनौती दिन पनि पाइन्छ । चुनौतीलाई स्वागत गर्छु ।’
मंगलबार आसन्न महाधिवेशन सम्बन्धी सम्पादकहरुसँग अन्तरक्रिया गर्ने क्रममा ओलीले यस्तो बताएका हुन् ।












प्रतिक्रिया