शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

एमाले बन्नु भनेकै मुलुक बन्नु हो: घनश्याम भुसाल

‘एमाले नबने मुलुक बन्दैन’ भन्ने सन्देश प्रवाह भएको छ

घनश्याम भुसाल २०७८ मंसिर ६ गते १७:४१


-घनश्याम भुसाल

महाधिवेशनको व्यवस्थापकीय तयारीको कुरा गर्दा सबैले बुझ्छन् कि एमालेले आफ्नो काम चुस्त ढङ्गले गर्छ ।

व्यवस्थित ढङ्गले गर्छ, समयसारिणी बनाएर गर्छ । हामी दशौं राष्ट्रिय महाधिवेशनको संघारमा छौं र आवश्यक तयारीको काम दैनिकरुपमा परिणाममुखी गरिरहेका छौं ।

राजनीतिक अधिकार र कर्तव्यको पालना गर्दै अघि बढ्दा जहाँ पनि समस्या समाधान हुन्छ । विश्वको राजनीतिक अभ्यास पनि यही हो । तर हाम्रो राजनीतिक कुरा गर्दा २००७, २०४६ को आन्दोलनले राजनीतिलाई व्यवस्थित गर्न सकेन ।

०७२ मा आएर एक किसिमको राजनीतिक ‘सेटलमेन्ट’ भयो । संवैधानिक हिसावले जनक्रान्ति संस्थागत भएको छ । राजनीतिकरुपले संस्थागत गर्नेक्रममा हामी अझै छौं । नेपाल कम्युनिष्ट पार्टी एक भईरहको भए यो ‘सेटलमेन्ट’ हुन्थ्यो ।

किनभने, जनतामा विश्वास पलाएको थियो । तर फुटपछि पुनः जनतामा निराशा आएकै हो । देश फेरि राजनीतिक अस्थिरतामा जाने भयो, मुलुकमा राजनीतिक स्थायित्व नहुने भयो भन्ने चिन्ता भयो । यही निराशा र जिज्ञासा सम्बोधन गर्नु अहिलेको राजनीतिक नेतृत्वको चुनौति हो ।

एमाले नबने मुलुक बन्दैन

सबै जातजाति, भाषा, लिङ्गको साझा पार्टीले यो समस्या समाधान गर्छ । यस क्षेत्रमा एमाले प्रयत्नशील छ । हामीले विधान महाधिवेशनबाट त्यही बाटो तय गरेका छौं ।

त्यो नगरी सुख पनि छैन । आजको मुलुकको आवश्यकता पनि त्यही हो । नेपालका क्रान्तिकारी राजनीतिक दलको यो दायित्व र जिम्मेवारी पनि हो । यसरी हेर्दा एमाले नै यसको नेतृत्व गर्न सक्ने हैसियत बनाउँदै आएको दल हो ।

एमाले बन्नु भनेको मुलुक बन्नु हो । ‘एमाले नबने मुलुक बन्दैन’ भन्ने सन्देश प्रवाह भएको छ । अब एमालेले मुलुकको समस्या समाधान गर्ने संकल्पका साथ काम गर्नुपर्छ ।

देश चलाउन पार्टी विचारधारात्मकरुपले पनि प्रष्ट हुनुपर्छ । हरेक महाधिवेशनबाट एक पाइला सुनिश्चित गर्न सक्यौं भने समाजवादसम्म पुग्न सजिलो हुन्छ । यो महाधिवेशनले पनि त्यो सन्देश दिन सक्नुपर्छ ।

म राजनीतिलाई द्वन्द्वात्मक तरिकाले हेर्छु । समयकाल अनुसार नेता फेरिनुपर्छ । नेता फेरिए मात्र मतदाता फेरिन्छन् । एउटा फेरिने अर्को नफेरिने हुँदैन । फेर्न त दुवै फेरिनुपर्छ तर पहिले राजनीति गर्ने नेतृत्व फेरिनुपर्छ । त्यसो नभए सुधारको काम गर्न सकिदैन ।

आगामी दिनमा नेकपा (एमाले) लाई बोक्ने खालका सक्षम नेतृत्व चाहिन्छ । लोकतान्त्रिक एकतावद्ध पार्टी हो, एमाले । तर अरु कैयन पार्टीमा त्यो छैन ।

लोकतान्त्रिक प्रक्रिया राम्रो भयो भने मात्र त्यसको मूल्य मान्यता स्थापित गर्न सहज हुन्छ । लोकतान्त्रिक प्रक्रिया अवरुद्ध भएपछि कचिङ्गल शुरु हुन्छ । यो प्रक्रिया भत्किन दिनु हुँदैन । लोकतान्त्रिक प्रक्रियालाई जीवनसँग जोड्न नसक्ने हो भने पार्टी चल्दैन ।

त्यो जुनसुकै पार्टीमा लागू हुन्छ । दशौं महाधिवेशनमा एमालेले यसमा बढी ख्याल गर्नुपर्छ । पार्टी विभाजन भएर केही अन्यौल थपेको छ, कार्यकर्तामा । अब यो महाधिवेशनबाट पार्टी एकताको सन्देश दिन सक्नुपर्छ ।

एकता विधिमा

देश चलाउन पार्टी विचारधारात्मकरुपले पनि प्रष्ट हुनुपर्छ । हरेक महाधिवेशनबाट एक पाइला सुनिश्चित गर्न सक्यौं भने समाजवादसम्म पुग्न सजिलो हुन्छ । यो महाधिवेशनले पनि त्यो सन्देश दिन सक्नुपर्छ ।

महाधिवेशनमा निर्वाचनलाई नै सम्पूर्ण चिज हो भनेर मान्नु हुँदैन । निर्वाचन एउटा प्रक्रिया हो तर यो समग्रतामा सबै चिज होइन । जनताको मुद्दा समाधानमा ध्यान दिनुपर्छ ।

हामी अगाडि बढ्दैछौं, बढ्छौं भनेर सुनिश्चित गर्न सक्नु पनि सफलता हो । राजनीतिक दल मुलतः जनताका लागि काम गर्ने निकाय हो, त्यसैले जनताको मुद्दामा बढी ध्यान केन्द्रित गर्नैपर्छ ।

काम गर्दै जानुपर्छ, हिजोभन्दा आज राम्रो गर्न सकेका छौं कि छैनौं, समिक्षा गरेर अघि बढ्नुपर्छ । एकता व्यक्तिमा होइन, विधिमा सहमति गरेर अघि बढ्नुपर्छ । तबमात्र लक्ष्यमा पुग्न सकिन्छ ।

व्यक्ति आज छ भोलि छैन, तर विधि स्थापित गर्न सक्यौं भने त्यो पछिसम्म काम लाग्छ । एमालेले गर्न खोजेको अहिले यही हो । यो महाधिवेशनले त्यसमा पनि ध्यान दिनुपर्छ । उसो त विधान महाधिवेशनले धेरै काम गरिसकेको छ । बाँकी काम थप गर्दै जानुपर्छ ।

एमाले मुख्यतः लोकतान्त्रिक हिसावले एकतावद्ध हुन सक्नुपर्छ, त्यो भनेको विधिमा एकता र सर्वस्वीकार्यता हो । पार्टीमा व्यक्ति गौण विषय हो, विधि प्रधान विषय भएकाले हामी सबैको ध्यान त्यसमा जानुपर्छ ।

एमालेको नेता हुनका लागि के योग्यता चाहिन्छ ? त्यो मापदण्ड बनाऔंँ । त्यो मापदण्डमा पर्ने स्वतः नेता हुने विधि बस्छ । महाधिवेशनबाट हामीले दिनसक्ने एउटा सन्देश यो पनि हो । यसले पार्टीलाई बढी लोकतान्त्रिक बनाउन सहयोग गर्छ भन्ने मलाई विश्वास छ ।

हाम्रा पुर्खाले एकताको तन्तु दिएर गएका छन् । त्यस विषयलाई पछ्याउँदै जानुपर्छ । राम्रा र नराम्रा दुवै विषय छन् । हामीले नराम्रालाई छाडेर राम्रालाई लिएर अघि बढ्नुको विकल्प छैन । हिजोभन्दा आज राम्रो गर्न राम्रा पक्षलाई आत्मसाथ गर्नैपर्छ ।

पार्टीलाई सुदृढ, एकतावद्ध र लोकतान्त्रिक बनाउन पनि राम्रो पक्षलाई व्यवहारमा कार्यान्वयन गर्दै जानुपर्छ । आजको क्रान्तिको मूल नेतृत्वकर्ता अब एमाले हो भन्ने जनतामा परिसकेको छ । नेपालको आर्थिक समृद्धिको रुपान्तरण एमालेले मात्र गर्न सक्छ भन्ने सन्देश गएको छ ।

त्यसमा कटिवद्ध भएर एमाले पंक्ति लाग्न सक्नुपर्छ । त्यो तब सम्भव हुन्छ जब एमाले एकतावद्ध र लोकतान्त्रिक हुन्छ । विधिलाई अङ्गाल्छ र आफूलाई रुपान्तरण गरेर अघि बढ्छ । आफूलाई रुपान्तरण नगरी देशको रुपान्तरण सम्भव हुँदैन ।

संगठित एमाले हुन धेरै समय लाग्यो । हिजोका दिनमा हामी कोही कता थियांै, कोही कता । आज एमालेको छातामुनी गोलबद्ध छौं । अझ गोलबद्ध हुनेक्रम जारी छ, रहिरहन्छ ।

एमालेलाई व्यवस्थित गर्न सक्यौं भने मुलुक चलाउन एमाले पर्याप्त छ । हामीभित्र कमजोरी छन् भने हामीले त्यो काम गर्न सक्दैनौं । इतिहासका शिक्षा र कमजोरीबाट सिक्दै एमाले अघि बढ्नुको विकल्प छैन ।

रुपान्तरणको आन्दोलनप्रति सबैको प्रतिवद्धता हुनुपर्छ, त्यो ममा पनि हुनुपर्छ । पद गौण कुरा हो । यसको अर्थ पद नै राख्नु हुन्न भन्ने होइन । तर सबैलाई पदमा राख्न पनि सकिदैन । पदमा रहेर वा नरहेर देश र जनताको पक्षमा कटिवद्ध भएर काम गर्न सकिन्छ ।

मापदण्ड बनाऔं

एमालेको नेता हुनका लागि के योग्यता चाहिन्छ ? त्यो मापदण्ड बनाऔंँ । त्यो मापदण्डमा पर्ने स्वतः नेता हुने विधि बस्छ । महाधिवेशनबाट हामीले दिनसक्ने एउटा सन्देश यो पनि हो । यसले पार्टीलाई बढी लोकतान्त्रिक बनाउन सहयोग गर्छ भन्ने मलाई विश्वास छ ।

के हामी त्यसो गर्न तयार छौं ? तर तयार हुनैपर्छ । एउटा मापदण्ड नहुने हो भने पार्टीभित्र पदका लागि झमेला जहिले रहिरहन्छ । र यो झमेलाले पार्टीलाई लोकतान्त्रिक होइन अलोकतान्त्रिक बनाउँछ ।

हामी सबैले यसमा ध्यान दिनुपर्छ । अहिले हाम्रो अगाडि दशौं महाधिवेशन आइसक्यो । महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न लाग्नुछ । महाधिवेशनबाट साँच्चै एकतावद्ध एमालेको सन्देश दिनुपर्छ । यही आजको आवश्यकता हो ।

प्रतिक्रिया
सम्बन्धित