
काठमाडौं, ६ मंसिर । सकेसम्म सर्वसम्मतिबाट नेतृत्व चयनको तयारी गरेको नेकपा एमालेभित्र महाधिवेशन मिति नजिकिएसँगै उम्मेदवारी दिने क्रम शुरू भएको छ ।
हिजो आइतबार एमाले उपाध्यक्ष भीम रावलले दशौं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै पार्टीका उपमहासचिव घनश्याम भुसालले पनि कुनै पदमा उम्मेदवारी घोषणाको तयारी थालेको स्रोतको बनाइ छ ।
भुसालले आफ्ना पक्षका नेता कार्यकर्ताहरूसँगको छलफलपछि उम्मेदवारी घोषणा गर्ने तयारी गरेको स्रोतको दाबी छ । त्यसअघि उनले पार्टीका केही नेता, महाधिवेशन प्रतिनिधि, शुभचिन्तक र समर्थकहरूसँग कुराकानी गरिरहेको बताइएको छ ।
उनले भोलि मंगलबारसम्ममा उम्मेदवारी दिने बताइए पनि पद भने अनिश्चित छ । उनले अध्यक्षबाहेकका पदमा दाबी गर्ने स्रोतको दाबी छ ।















प्रतिक्रिया