
काठमाडौं, ६ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै सोमबार पनि नेपाल बार एसोसिएशनले आफ्नो आन्दोलन जारी राखेको छ ।
आन्दोलित कानुन व्यवसायीहरू अहिले पनि ब्यानरसहित धर्ना दिइरहेका छन् । यद्यपि, बारको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वोच्च अदालत परिसरबाट हटाइएको छ ।
एसएलआरजस्ता अत्याधुनिक हतियारसहित सुरक्षाकर्मी खटाइएको भन्दै बारले विरोध जनाउँदै आएको थियो । कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायत आरोप लगाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर तीन साताभन्दा बढी समयदेखि बार आन्दोलनमा छ ।















प्रतिक्रिया