
चितवन, ६ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले प्रतिनिधिसभा विघटनको घटना प्रतिक्रियावादी र प्रतिक्रान्तिको षड्यन्त्र भएको बताएका छन् ।
चितवनको टाँडीमा आज सोमबार बिहान आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेको घटनालाई ‘प्रतिक्रियावादी र प्रतिक्रान्तिको षड्यन्त्र’ भएको बताएका हुन् । उनले भने, ‘एमाले प्रतिक्रान्तिकारी पार्टी हो ।’
सुस्ताएको माओवादी फेरि जागेको भन्दै उनले राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि देश माओवादीको वरपरै नै रहेको दाबी प्रचण्डले गरेका छन् ।















प्रतिक्रिया