
काठमाडौँ, ५ मंसिर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले योगगुरु रामदेवको टिभी नेपालमा उद्घाटन भएको प्रति विरोध जनाएको छ ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले रामदेवको टिभी उद्घाटन गरेकोमा एमालेले विरोध जनाएको हो ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन विपरित काम गरेको बताएका छन् ।
ज्ञवालीले कानुन विपरीत ति टेलिभिजनहरु उद्घाटन गर्नुको कारण के हो भनि सरकारसँग प्रश्न समेत गरेका छन् ।
आईतबार प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालले सञ्चार माध्यामहरुमा बाह्य लगानी निषेध गरेको उल्लेख गर्दै ती कुराहरु स्वागत गर्न नसकिने स्पष्ट पारे ।
रामदेवले सञ्चालन गरेका टिभीहरु राष्ट्रिय हित विपरीत सञ्चालनमा आएको ज्ञवालीले टिप्पणी गरे ।












प्रतिक्रिया