७ कार्तिक २०८३, शनिबार

एशियन इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क ‘खल्ती’ बाट भुक्तानी गर्न सकिने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ मंसिर । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले एशियन इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क ‘खल्ती’ बाट सिधै तिर्न सकिने सुविधा संचालनमा ल्याएको छ ।

डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा ल्याईएको हो ।

एशियन इन्स्योरेन्स कम्पनी

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा ऐन २०४९ बमोजिम बीमा समिति (नेपाल बीमा नियामक प्राधिकरण) बाट २७ फेब्रुअरी, २०६४ (फाल्गुन १५, २०६४) मा आफ्नो सञ्चालन अनुमतिपत्र प्राप्त गरी ३ अप्रिल, २००८ (चैत्र २१, २०६४) मा काम गर्न थाल्यो । संस्थाले देशव्यापी रुपमा १४० शाखा सञ्जाल मार्फत राष्ट्रको सेवा गरिरहेको छ ।

यो सुविधा कार्यान्वयनमा आए सँगै अब एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क छिटो, छरितो तथा सहज रुपमा भुक्तानी गर्न सकिने भएको छ ।

“हामीले देखिरहेका छौं कि कसरी संसार नगदबाट नगदरहित सिस्टममा परिवर्तन हुँदैछ। हामी विश्वास गर्छौं कि ’खल्ती’ सेवा मार्फत ग्राहकहरूले आफ्नो बीमा प्रिमियम अनलाइन तिरेर बहुमूल्य समय बचाउन सक्नेछन्।” ‘खल्ती’ का मर्चेन्ट टिमकी वरिष्ठ अधिकारी सजनी महर्जनले बताइन् ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क ’खल्ती’ बाट यस प्रकार तिर्न सकिन्छः

‘खल्ती’ एप लग–इन गरि “इन्स्योरेन्स” आइकन मा ट्याप गर्ने

“एशियन लाइफ इन्स्योरेन्स” सेलेक्ट गर्ने

‘डीओबी’ र ‘पाेलीसी नम्बर’ भर्नुहोस् र विवरणहरू प्राप्त गर्न ट्याप गर्नुहोस्

अब सम्पुर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” मा क्लिक गर्ने

रु. ५००० माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ’खल्ती’ केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ ।

‘खल्ती’ डिजिटल वालेट

२० लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको ’खल्ती’ले बिगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तर रुपमा योगदान पुर्याउदै आइरहेको छ। “खल्ती” वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।