९ कार्तिक २०८३, सोमबार

राजनीतिक दलका उम्मेदवार र प्रतिनिधि पत्रकारहरूलाई महासंघले सम्झायो बिधान

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । नेपाल पत्रकार महासंघले विभिन्न राजनीतिक दलका उम्मेदवार र प्रतिनिधि पत्रकारहरूलाई महासंघको विधानबारे ध्यानाकर्षण गराएको छ ।

प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीहरूमा अहिले धमाधम चुनाव हुने वा प्रतिनिधि चयन हुने क्रम जारी रहेको र सो क्रममा नेपाल पत्रकार महासंघका विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्य रहेकाहरू विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि आवद्ध बनेकोप्रति महासंघले ध्यानाकर्षण भएको जनाएको हो ।

पत्रकाहरू विभिन्न राजनीतिक दलका तर्फबाट विभिन्न पदमा उम्मेदार रबनेको घटनाप्रति समाजका विभिन्न क्षेत्रबाट आएका आलोचना तथा टीकाटिप्पणीलाई दृष्टिगत गर्दै महासंघ केन्द्रीय समितिले गम्भीर रूपमा ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

‘नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौँ संशोधन २०७६)ले प्रष्ट रूपमा ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन भन्ने कुरा व्यवस्था गरेको छ । राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासंघ आग्रह गर्दछ,’ महासंद्वारा आज आइतबार जारी विज्ञप्तिमा चेतावनीपूर्वक भनिएको छ ।

गत भदौ ९ गते मकवानपुरको दामन बैठकबाट पारित महासंघको तीन वर्षे कार्ययोजना को बुँदा ३.५. मा ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्नेगरी बनेका समितिहरूमा रहेका महासंघका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासंघको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिनेछ भन्ने व्यवस्था रहेकाले उक्त बुँदा कार्यान्वयनका लागि केन्द्रीय समिति प्रतिवद्ध रहेको जानकारी महासंघले गराएको छ ।

‘कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने कुरा पत्रकारिताको विश्वव्यापी मान्यताभित्रको कुरा अहिले स्मरणीय बनेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘महासंघको कार्यकारी पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दलकोे चुनावमा उम्मेदवार हुने, प्रतिनिधि चयन हुने कुरा महासंघको विधान तथा पत्रकारिताको विश्वव्यापी मूल्यमान्यताको विरुद्धमा छ ।’

महासंघको विधान, पत्रकार आचारसंहिता तथा स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई ख्याल गर्दै महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरिरहेको अवस्थामा तथा कुनै राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार बनेको अवस्थामा उच्च नैतिकता प्रदर्शन गर्न महासंघले पत्रकारहरूमा आग्रह गरेको छ ।