९ कार्तिक २०८३, सोमबार

प्रदेश २ मा एकीकृत समाजवादीका महतो र यादव मन्त्री बने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ५ मंसिर । प्रदेश २ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ ।

नेकपा एमालेबाट विभाजन भइ बनेको नयाँ दललाई समेट्न मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जस अनुसार दुई मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागी भएको छ ।

आज आइतबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा नेकपा (एस)का संसदीय दलका नेता शत्रुधन महतो र सांसद प्रमोद यादवलाई मन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

महतोलाई उद्योग पर्यटन वन र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । योसँगै प्रदेश २ सरकार जनता समाजवादी पार्टी, कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एस)को संयुक्त सरकार बनेको छ ।