१९ कार्तिक २०८३, बिहिबार

एमाले महाधिवेशनमा भरतपुर महानगरबाट ५० हजार सहभागी गराइने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चितवन, ४ मंसिर । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा भरतपुर महानगरपालिकाबाट ५० हजार जनता सहभागी गराइने भएको छ ।

मंसिर १० गते नारायणी नदी किनारमा हुने उद्घाटन सत्रमा महानगरका २९ वटा वडाबाट ५० हजार जनता सहभागी गराउन लागिएको हो ।

नेकपा (एमाले) भरतपुर महानगर कमिटीका अध्यक्ष शंकर थपलियाका अनुुसार महानगरका २९ वटै वडामा भेला सम्पन्न गरिएको छ । सबै वडामा वडास्तर र टोल स्तरका जनपरिचालन कमिटी गठन गरिएको उनले बताए ।

सबै वडामा प्रचारप्रसार र घरदैलो कार्यक्रम समेत सञ्चालन गरिएको थपलियाले जानकारी दिए । उनले महानगरका कुनैपनि घर परिवार नछुुट्नेगरी अभियान सञ्चालन भइरहेको बताए ।

एमाले भरतपुर महानगरले महाधिवेशनलाई लक्षित गर्दै स्थानीय स्तरमा महाधिवेशनको झण्डा, ब्यानर तयार पार्ने र सकेसम्म स्थानीय स्तरका सवारीसाधन प्रयोग गर्ने जनाएको छ ।

भरतपुरमा एमाले महाधिवेशनको उद्घाटन सत्र हुने भएकाले पनि भरतपुरले व्यापक जनसहभागिता गराउने तयारी गरिरहेको हो ।

चितवनमा महाधिवेशन हुने भएपछि यहाँका कार्यकर्तामा उत्साह बढेको भन्दै थपलियाले चितवनले महाधिवेशनको महत्वपूर्ण अवसर पाएको बताए ।

दुुई साता अघिमात्रै एमाले भरतपुर महानगरले नयाँ नेतृत्व पाएको छ । सबै वडा अधिवेशन सम्पन्न भइसकेका छन् ।