काठमाडौं, ४ मंसिर । माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरुवात गरी एउटा सुमधुर व्यापारिक सम्बन्धको स्थापना भएको छ ।
उक्त सहकार्यको औपचारिक कार्यक्रम नेपाल विद्मुत प्राधिकरण,रत्नपार्कको प्राङ्गणमा भएको हो । सोही कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट उपकार्यकारी निर्देशक अर्थ डिल्लीरमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर साउद र बैंकका तर्फबाट नायब महाप्रबन्धक सर्जुकुमार थापाले संयुक्त रुपमा औपचारिका उद्घाटन गरेका हुन् ।
नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरुले स्थापना गर्नु भएको यस श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका ग्राहकहरुले यस सहकार्यको मद्दतले अब डेबिट कार्ड प्रयोग गर्न सक्नेछन् ।















प्रतिक्रिया