काठमाडौं, ४ मंसिर । बैंक अफ काठमाण्डू लिमिटेड र सन स्टार होटलबीच छुट दिने सम्झौता भएको छ ।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ ।
सम्झौता पश्चात् ग्राहकहरूले सन स्टार होटलमा उपलब्ध हुने सम्पूर्ण सेवाहरूमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन् ।
छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । सन स्टार होटलले भैरहवाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।















प्रतिक्रिया