९ कार्तिक २०८३, सोमबार

रोटरी क्लबद्वारा आजाद आधारभूत विद्यालयलाई सहयोग

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको काठमाडौंको लगनस्थित सरकारी विद्यालय श्री आजाद आधारभूत विद्यालयको कक्षाकोठाहरू रोटरी क्लब अफ काठमाण्डू मिड–टाउनले निर्माण गरी हस्तान्तरण गरेको छ ।

दया फाउण्डेशनले सहयोग प्रदान गर्दै आइरहेको उक्त विद्यालयको क्षतिग्रस्त कक्षाकोठाहरू ‘रोटरी भूकम्प राहत कार्यक्रम’अन्तर्गत रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा रोटरी क्लब अफ काठमाण्डू मिड–टाउनले निर्माण गरी हस्तान्तरण गरेको छ । साथै क्लबले विद्यालयलाई डेस्क, बेञ्च, कम्प्युटर टेबल, कुर्सी, दराज तथा अन्य फर्निचरहरू समेत उपलब्ध गराएको जनाएको छ ।

सहयोगस्वरूप निर्माण गरिएका कक्षाकोठा तथा फर्निचरका सामग्रीहरू हस्तान्तरण गर्न शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो । दया फाउण्डेशनका पूर्व अध्यक्ष तथा रोटरी डिस्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गभर्नर नीभा माथेमा प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरी कक्षाकोठा विद्यालयलाई हस्तान्तरण गरिएको रोटरी क्लव अफ काठमाण्डू मिड–टाउनले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा दया फाउण्डेशनका अध्यक्ष राजेश प्रधान र रोटरी क्लब अफ काठमाण्डू मिड–टाउनका प्रेसिडेन्ट प्रमोद पौडेल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । सोही कार्यक्रममार्फत विद्यालय व्यवस्थापन समितिलाई नवनिर्मित कक्षा कोठासँगै डेस्क, बेञ्च, कम्प्युटर टेबल, कुर्र्सी, दराज तथा अन्य फर्निचरहरूको हस्तान्तरण गरिएको हो ।

बन्दाबन्दीका कारण निर्माणमा केही ढिलाई भए पनि विद्यालयका लागि सहयोग गर्न पाएकोमा आफूहरू खुशी रहेको सहयोगी संस्थाका प्रतिनिधिहरूको भनाइ थियो ।